Rule 5A
उजुरीको परीक्षण तथा वर्गीकरण
(१) आयोगमा दर्ता भएका उजुरीको परीक्षण तथा वर्गीकरण गरी आयोग समक्ष सिफारिश गर्न आयोगले तोके बमोजिमको उजुरी परीक्षण तथा वर्गीकरण समिति रहनेछ।
\n (२) उपनियम (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार आयोगले तोके बमोजिम हुनेछ।